कांग्रेस र एमाले मिल्नुपर्ने शेखर कोइरालाको भनाइ : अस्थिरताको जड निर्वाचन प्रणाली

बिजमाण्डू
२०८० चैत्र २८ गते १८:३१ | Apr 10, 2024
कांग्रेस र एमाले मिल्नुपर्ने शेखर कोइरालाको भनाइ :  अस्थिरताको जड निर्वाचन प्रणाली

काठमाडौं। नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अहिलेको राजनीतिक अस्थिरताको जड निर्वाचन प्रणाली भएको बताएका छन्। लुम्बिनीमा आयोजित नेपाल शिक्षक संघको २३औं संघीय प्रतिनिधि सभालाई सम्बोधन गर्दै कोइरालाले संविधान संशोधन नगरेसम्म देशमा राजनीतिक स्थिरता कायम नहुने ठोकुवा गरे।

Tata
GBIME
Nepal Life

‘कति सधैं सरकार गठन र विघटनमा मात्रै लागिरहने? जनताका काम कहिले गर्ने? विकास कहिले गर्ने?’ कोइरालाले प्रश्न गरे। संविधान संशोधनमार्फत सुशासन, विकास र समृद्धिको बाटोमा हिडाउँन कांग्रेस र एमाले मिलेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको कोइरालाले औंल्याए। ‘संविधान सभाको पहिलो निर्वाचनबाट कम्युनिष्टहरु पटक-पटक सत्तामा पुगेपनि संविधान बनाउन सकेनन् र जब दोस्रो संविधान सभाबाट कांग्रेसको नेतृत्वमा सरकार बन्यो अनि मात्रै संविधान जारी भयो,’ कोइरालाले भने, ‘परिवर्तन कांग्रेसबाट मात्रै सम्भव छ भन्ने कुरा बुझ्न पर्‍यो। त्यसैले अब कांग्रेस र एमाले मिलेर संविधान संशोधन गर्नुपर्ने आवश्यकता छ।’