रोकिएको तलब सुविधा र बैठकमा सहभागी हुन पाउनुपर्ने भन्दै कांग्रेस सांसद गुरुङले दिए निवेदन

बिजमाण्डू
२०८० चैत्र २८ गते १६:५३ | Apr 10, 2024
रोकिएको तलब सुविधा र बैठकमा सहभागी हुन पाउनुपर्ने भन्दै कांग्रेस सांसद गुरुङले दिए निवेदन

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङले प्रतिनिधिसभा सदस्यको रुपमा पाउनुपर्ने तलब र सुविधा माग गर्दै निवेदन दिएका छन्। निलम्बनमा परेपछि उनको तलब सुविधा रोकिएको थियो।

Tata
GBIME
Nepal Life

भ्रष्टाचार सम्बन्धी ऐनका आधारमा गुरुङको पद २०७९ पुस १२ गते निलम्बन भएको थियो। तर, सर्वोच्च अदालतले केही दिन अघि मात्रै उनको निलम्बनलाई बदर गरेपछि गुरुङले सेवा सुविधा र बैठकमा सहभागी हुन पाउनुपर्ने माग गरेर संसद सचिवालयमा निवेदन दर्ता गरेका हुन्।

सर्वोच्च अदालतले भने औपचारिक रुपमा निलम्बन बदरबारे संसद सचिवालयलाई जानकारी गराएको छैन। गुरुङ मनाङमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।

भृकुटी मण्डपको फनपार्क जग्गा भाडा प्रकरणमा विशेष अदालतले गुरुङलाई भ्रष्टाचारी ठहर गरेको थियो। गुरुङले सर्वोच्चमा उक्त फैसला विरुद्ध रिट दिएका थिए। उनलाई विशेष अदातले १ करोड २१ लाख ८४ हजार जरिवाना गरेको थियो।

गुरुङको निलम्बन फुकुवा गरिएपछि आलोचनासमेत भइरहेको छ।