राष्ट्रिय सभा उपाध्यक्षमा एमालेकी विमला घिमिरे ३९ मतसहित निर्वाचित

बिजमाण्डू
२०८० चैत्र २८ गते १५:२० | Apr 10, 2024
राष्ट्रिय सभा उपाध्यक्षमा एमालेकी विमला घिमिरे ३९ मतसहित निर्वाचित
राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित भएपछि विमला घिमिरे

काठमाडौं। राष्ट्रिय सभाको उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी एमालेकी सांसद विमला घिमिरे निर्वाचित भएकी छन्।

Tata
GBIME
Nepal Life

राष्ट्रिय सभाको आजको बैठकमा उपाध्यक्ष पदको मत विभाजनका माध्यमबाट सम्पन्न निर्वाचनमा ३९ मतसहित घिमिरे निर्वाचित भएको सभाका अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गरेका हुन्।

अध्यक्ष दाहालले नवनिर्वाचित उपाध्यक्ष घिमिरेलाई बधाई तथा शुभकामना समेत व्यक्त गरेका छन्।

मतविभाजन प्रक्रियामा ५५ जना सांसद सहभागी थिए। एमालेकी सांसद विमला घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा ३९ सांसदहरुले मतदान गरेका थिए। यस्तै उक्त प्रस्तावमा हुन्न भन्नेमा १६ मत परेको थियो।

उक्त पदमा नेपाली कांग्रेसकी सांसद विष्णुदेवी पुडासैनीको पक्षमा १६ र विपक्षमा ३९ मत परेको थियो।

सभाको अर्को बैठक यही चैत ३० गते शुक्रबार अपराह्न १ः१५ बजे बस्ने छ ।