ब्राजिलको अदालतलाई मस्कको चुनौती : अकाउन्ट बन्द नगर्ने भएपछि एक्समाथि प्रतिबन्धको सम्भावना

बिजमाण्डू
२०८० चैत्र २६ गते १३:२३ | Apr 8, 2024
ब्राजिलको अदालतलाई मस्कको चुनौती : अकाउन्ट बन्द नगर्ने भएपछि एक्समाथि प्रतिबन्धको सम्भावना
Photo : Reuters

ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीशले इलन मस्क माथि अनुसन्धान गर्न आदेश दिएका छन्।

Tata
GBIME
Nepal Life

न्यायाधीशले एक्स प्लेटफर्मका अकाउन्टहर बन्द गर्न आदेश दिएकोमा मस्कले अकाउन्टहरु पुन: संचालन गर्ने बताएका छन्। मस्कले अदालतको आदेश असंवैधानिक भएको भन्दै अकाउन्ट माथिको प्रतिबन्ध हटाएको बताएका हुन्।

मस्कले ब्राजिलको सर्वोच्च अदालतका न्यायाधीश एलेक्सजेन्डर डी मोरेसको राजीनामा माग्दै उनीविरुद्ध महाभियोग लगाउनसमेत माग गरेका छन्।

त्यसैले मोरेसले मस्कमाथि अनुसन्धानको प्रक्रिया अगाडि बढाएका हुन्। उनले मस्कले ब्राजिलको सर्वोच्च अदालतविरुद्ध ‘डिसइन्फर्मेसन क्याम्पेन’ सुरु गरेको बताएका छन्।

न्यायाधीश मोरेसले बन्द गर्न आदेश दिएका अकाउन्टहरु गत वर्षको जनवरी ८ मा भएको दंगासँग सम्बन्धित रहेका छन्। सो दिन पूर्व राष्ट्रपति जैर बोलसोनारोका हजारौं समर्थक संसद भवन प्रवेश गरेका थिए। त्यसपछि उनले सामाजिक सञ्जालका अकान्टहरु बन्द गर्न र बोलसोनारोसहित उनका समर्थकहरु विरुद्ध पनि अनुसन्धान गर्न आदेश दिएका थिए।

ब्राजिलका सञ्चार मन्त्री पाउलो पिमेटाले मस्कको भनाइको आलोचना गरेका छन्। उनले सामाजिक सञ्जाल प्लेटफर्महरुले आफ्नो देशको कानुन मान्नुपर्ने बताएका छन्।

मस्कले अदालतको निर्णय नमाने प्लेटफर्म माथि नै प्रतिबन्ध लाग्न सक्ने अनुमान छ।