राष्ट्रपति पौडेलले पशुपतिनाथमा गरे पूजा अर्चना, भक्तजनको घुइँचो उस्तै

बिजमाण्डू
२०८० फागुन २५ गते १८:०४ | Mar 8, 2024
राष्ट्रपति पौडेलले पशुपतिनाथमा गरे पूजा अर्चना, भक्तजनको घुइँचो उस्तै
राष्ट्रपति रामचन्द्र पौडेल पशुपतिनाथ मन्दिरमा। तस्वीर: राष्ट्रपतिको सचिवालय

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रीकाे अवसरमा शुक्रबार पशुपतिनाथ मन्दिरमा पूजा आराधना गरेका छन्। उनले पूजा आराधनापछि मन्दिरका मूल भट्टबाट प्रसाद ग्रहण गरे।

Tata
GBIME
NLIC

राष्ट्राध्यक्षले शिवरात्रिका दिन पशुपतिनाथको दर्शन गर्ने प्रचलन छ।

राष्ट्रपति रामचन्द्र पौडेल पशुपतिनाथ मन्दिरमा

राष्ट्रपति पाैडेललाई मन्दिरमा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ्, कोषका सदस्यसचिवलगायतले स्वागत गरेका थिए।

राष्ट्रपति रामचन्द्र पौडेल पशुपतिनाथ मन्दिरमा

महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा बिहानै देखि भक्तजनको घुइँचो छ। बिहान ३ बजेदेखि मन्दिरका चारवटै ढोका खुला गरिए पनि पूजा आराधनाका लागि भक्तजनहरु अझै लामवद्ध छन्।