
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक युवकलाई सुनसहित पक्राउ गरेको छ। अवैध तरिकाले ल्याएको सुन बरामद भएपछि पक्राउ गरिएको हो।
विमानस्थलमा पक्राउ पर्नेमा भारत घर भएका ३५ वर्षीय सरिफ अहमद अब्दुल छन्। उनको साथमा तीन वटा डल्ला बनाएका ८ सय ५५ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ।
उनी सोमबार दुबईबाट फ्लाइ दुबईको विमानदेखि काठमाडौं ओर्लिएका थिए।
घटनाको थप अनुसन्धान गर्न प्रहरीले सुनसहित उनलाई भन्सार कार्यालयको जिम्मा लगाएको छ।