BIZMANDU
www.bizmandu.com

दुबईबाट आएका भारतीय युवकको साथमा भेटियो अवैध तरिकाले ल्याएको तीन डल्ला सुन

२०८० फागुन ८

दुबईबाट आएका भारतीय युवकको साथमा भेटियो अवैध तरिकाले ल्याएको तीन डल्ला सुन
दुबईबाट आएका भारतीय युवकको साथमा भेटियो अवैध तरिकाले ल्याएको तीन डल्ला सुन


काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक युवकलाई सुनसहित पक्राउ गरेको छ। अवैध तरिकाले ल्याएको सुन बरामद भएपछि पक्राउ गरिएको हो।

Tata
GBIME
NLIC

विमानस्थलमा पक्राउ पर्नेमा भारत घर भएका ३५ वर्षीय सरिफ अहमद अब्दुल छन्। उनको साथमा तीन वटा डल्ला बनाएका ८ सय ५५ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ।

उनी सोमबार दुबईबाट फ्लाइ दुबईको विमानदेखि काठमाडौं ओर्लिएका थिए।

घटनाको थप अनुसन्धान गर्न प्रहरीले सुनसहित उनलाई भन्सार कार्यालयको जिम्मा लगाएको छ।