चार महिनामा देशभर ३० वटा सहकारी विरुद्ध ठगीको उजुरी, सबैभन्दा धेरै काठमाडौं उपत्यकामा

बिजमाण्डू
२०८० पुष १० गते १६:०५ | Dec 26, 2023
चार महिनामा देशभर ३० वटा सहकारी विरुद्ध ठगीको उजुरी, सबैभन्दा धेरै काठमाडौं उपत्यकामा

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा ३० वटा सहकारी विरुद्ध प्रहरीमा उजुरी परेको छ। प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार गत साउन देखि कात्तिक महिनासम्म देशभर विभिन्न जिल्लामा ३० वटा उजुरी परेको छ।

Tata
GBIME
Nepal Life

सबैभन्दा धेरै काठमाडौं उपत्यकाभित्र १६ वटा सहकारी विरुद्ध उजुरी परेको छ। त्यस्तै कोशी प्रदेशमा २ र मधेशमा ५ वटा सहकारी विरुद्ध उजुरी परेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)मा ६ वटा उजुरी परेको छ। आर्थिक वर्ष २०७९/८० मा देशभरका १०३ वटा सहकारी विरुद्ध प्रहरीमा उजुरी परेको थियो।

सहकारी मन्त्रालयले भक्तपुरमा रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र मोरङको तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडलाई गत भदौमा समस्याग्रस्त घोषणा गरेको थियो। समस्याग्रस्त घोषणा भएका सहकारीको संख्या हालसम्म १५ पुगेको छ। गएको दश वर्षमा सहकारी ठगी प्रत्येक आर्थिक वर्षमा बढेर गएको छ।