अरुको बैंक खाताबाट रकम ट्रान्सफर गरेर ठगीमा संलग्न पासमानलाई नेपाल ल्याइयो

बिजमाण्डू
२०८० पुष १० गते ०८:०३ | Dec 26, 2023
अरुको बैंक खाताबाट रकम ट्रान्सफर गरेर ठगीमा संलग्न पासमानलाई नेपाल ल्याइयो

काठमाडौं । ठगी तथा संगठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका धनुषा औरही गाउँपालिका–५ का ४४ वर्षीय रजिन्द्र पासमानलाई कतारबाट पक्राउ गरि नेपाल ल्याइएको छ।

Tata
GBIME
Nepal Life

इन्टरपोल कतारको समन्वयमा पक्राउ परेका उनलाई कारबाहीका लागि  सोमबार नेपाल ल्याइएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताए।

पासमानलगायत अन्य व्यक्तिहरूले पीडितको माछापुच्छ्रे बैंकको खातामा रहेको नौ लाख रुपैयाँ अनधिकृत रूपमा ट्रान्सफर गरि उक्त रकम विभिन्न बैंकहरूको एटिएम कार्डबाट निकालेर प्रयोग गरेका थिए।

अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको खुलेको थियो। नेपाल प्रहरीको इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट सन् २०२३ डिसेम्बर ७ मा उनीविरुद्ध रेड नोटिस जारी गरेको थियो।

यसअघि गत साता इन्टरपोलबाट रेड नोटिस जारी गरिएका चार जनालाई पक्राउ गरि नेपाल ल्याइएको थियो।