सुनचाँदी उच्च मूल्यमा पुगेर स्थिर‚ सुन तोलाको १ लाख २० हजार नजिक  

बिजमाण्डू
२०८० मंसिर १४ गते १२:०० | Nov 30, 2023
सुनचाँदी उच्च मूल्यमा पुगेर स्थिर‚ सुन तोलाको १ लाख २० हजार नजिक   

काठमाडौं। हालसम्मकै उच्च मूल्यमा पुगेको सुनचाँदीको भाउ बिहीबार स्थिर छ। सुन प्रति तोला १ लाख १९ हजार ३ सय रुपैयाँ र चाँदी १५ सय २० रुपैयाँ छ।

Tata
GBIME
Nepal Life

एकै दिन तोलामा १ हजार ६ सय रुपैयाँ बढ्दा सुन बुधबार सुन प्रति तोला १ लाख १९ हजार ३ सय रुपैयाँ भएको हो। मंगलबार तोलाको १ लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदी अघिल्लो दनका तुलनामा २० रुपैयाँको बढोत्तरीपछि बुधबार तोलाको १५ सय २० रुपैयाँ पुगेको हो। सोमबार र मंगलबार प्रति तोला १५ सय रुपैयाँमा स्थिर थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको कारोबार मूल्यमा सामान्य घटबढ छ। मंगलबार २०१४.८७ डलर रहेको सुन बुधबार बढेर प्रति औंस २०४५.३१ डलरले कारोबार भएको थियो। बिहीबार २०४२.७७ डलर छ।

चाँदीमा बढोत्तरी छ। बुधबार प्रति औंस २४.९८ डलरले कारोबार भएको चाँदी बिहीबार २५.०२ डलर छ। गत मंगलबार २४.५९ डलर थियो।