विजय लघुवित्तले २१.०५ प्रतिशत लाभांश दिने, साधारण सभाका लागि तोक्यो बुक क्लोज

बिजमाण्डू
२०७९ चैत्र ६ गते ११:४० | Mar 20, 2023
विजय लघुवित्तले २१.०५ प्रतिशत लाभांश दिने, साधारण सभाका लागि तोक्यो बुक क्लोज


काठमाडौं। विजय लघुवित्त वित्तीय संस्थाले साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज मिति तोकेको छ।

Tata
GBIME
NLIC

लघुवित्तको आइतबार बसेको संचालक समितिको बैठकले साधारण सभा आह्‍वान गर्दै चैत १६ गतेका  लागि बुक क्लोज मिति तय गरेको हो।

तसर्थ उक्त दिनभन्दा अघिल्लो दिनसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरु मात्र साधारण सभामा सहभागिता तथा लाभांशका लागि योग्य हुने छन्।  

लघुवित्तले चैत २८ गते मंगलबारका लागि १० औं वार्षिक साधारण सभा आह्‍वान गरेको छ। सभा विजय विकास स्रोत केन्द्र नवलपरासीबाट संचालन गरिने छ।

हाल लघुवित्तको चुक्ता पुँजी ३२ करोड छ। लघुवित्तले यसको २० प्रतिशतले हुन आउने ६ करोड ४० लाख बराबरको बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्ने भएको हो।

सो लाभांश साधारण सभाबाट अनुमोदन भए पश्चात लगानीकर्ताहरुमा वितरण गरिने छ।