अनुमति बेगर कमोडिटी एक्सचेन्ज संचालन नगर्न सेबोनको निर्देशन, गरिए कारबाही गर्ने चेतावनी

२०७९ माघ १५ गते १४:५३
अनुमति बेगर कमोडिटी एक्सचेन्ज संचालन नगर्न सेबोनको निर्देशन, गरिए कारबाही गर्ने चेतावनी


काठमाडौं। नेपाल धितोपत्र बोर्डले अनुमति बेगर वस्तु विनिमय बजार (कमोडीटी) संचालन नगर्न निर्देशन दिएको छ। बोर्डले आइतबार एक सूचना जारी गर्दै हालसम्म यस बजार संचालनदेखि अनुमति प्रदान नगरेको स्पष्ट पारेको छ।

TATA
GBIME

वस्तु विनिमय बजार ऐन, २०७४ को दफा ३ बमोजिम बोर्डबाट अनुमति प्राप्त नगरी वस्तु विनिमय बजार र सो सम्बन्धी व्यवसाथ नगर्नु बोर्डले सचेत गराएको छ।

गत असोज २ गते बोर्डले कमोडिटी एक्सचेन्ज संचालन गर्न निवेदन माग गरेको थियो। तर, सर्वोच्च अदालतको अल्पकालीन आदेशपछि सो प्रक्रिया स्थगित भएको थियो।

अनुमति प्रक्रिया सर्वोच्चले रोकेपनि पछिल्लो समय केही कम्पनीहरुले कमोडिटी एक्सचेन्ज संचालन गरिरहेको सूचना पाएपछि बोर्डको सूचना जारी गरेको हो। अनुमती नलिइ गैरकानुनी रुपमा वस्तु विनिमय बजार संचालन गरे प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी बोर्डको छ।


Sunrise Bank