साताको अन्तिम दिन सुनको मूल्य तोलामा ११ सय रुपैयाँले गिरावट, चाँदी भने स्थिर

बिजमाण्डू
२०७९ माघ १३ गते ११:०२ | Jan 27, 2023
साताको अन्तिम दिन सुनको मूल्य तोलामा ११ सय रुपैयाँले गिरावट, चाँदी भने स्थिर

काठमाडौं। साताको अन्तिम दिन सुनको मूल्य घटेको छ। अघिल्लो दिनको भन्दा तोलामा ११ सय रुपैयाँले घटेको हो।

Tata
GBIME
Nepal Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि कारोबार मूल्य प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ।

गत बिहीबार सुन तोलामा ७ सय मात्रै बढेको थियो। तर, उक्त दिन हालसम्मकै उच्च मूल्य तोलाको १ लाख ६ हजार ९ सय रुपैयाँ पुगेको थियो।

चाँदीको कारोबार मूल्य दुई दिनदेखि प्रतितोला १ हजार ३ सय ८० रुपैयाँमा स्थिर छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मागमा लगातार वृद्धिले मूल्य उच्च भइरहेको छ। लगानीकर्ता सुनतर्फ आकर्षित छन्। अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस १९२१.६१ डलर र चाँदी प्रतिऔंस २३.८३ डलर छ।