हिमालयन रि-इन्स्योरेन्स चालु आवको प्रथम त्रैमासमा घाटामा, बीमा शुल्क आर्जन भने बढ्यो

बिजमाण्डू
२०७९ पुष २९ गते १४:१८ | Jan 13, 2023
हिमालयन रि-इन्स्योरेन्स चालु आवको प्रथम त्रैमासमा  घाटामा, बीमा शुल्क आर्जन भने बढ्यो

काठमाडौं। हिमालयन रि-इस्योरेन्स चालु आर्थिक वर्षको प्रथम त्रैमासमा घाटामा गएको छ। कम्पनी यस अवधिमा ५ करोड ३० लाख रुपैयाँ नोक्सानीमा गएको छ।

Tata
GBIME

कम्पनीले जारी गरेको चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्मको वित्तीय विवरणमा कम्पनीलाई नोक्सान भएको देखिएको हो। गत वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको थियो।

असोज मसान्तसम्मा कम्पनीको बीमा शुल्क भने बढेको छ। गत वर्ष कम्पनीले सोही अवधिमा ८ करोड ८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको कम्पनीले यो वर्ष १ अर्ब ९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ।

त्यस्तै, कम्पनीले २ करोड ९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। गत वर्ष एक करोड रुपैयाँ दाबी भुक्तानी गरको थियो। चालु आर्थिक वर्षको तीन महिनामा कम्पनीले २९ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

लगानी,कर्जा तथा अन्यबाट २ करोड ६३ लाख रुपैयाँ आय गरेको छ। व्यवस्थापन खर्चमा ३ करोड २५ लाख रुपैयाँ खर्चिएको छ। पुनर्बीमा कमिसन खर्चमा २४ करोड ७३ लाख रुपैयाँ खर्च गरेको छ।

चुक्ता पुँजी ७ अर्ब रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ७ करोड ८३ लाख रुपैयाँ सञ्चित छ। बीमा कोषमा १३ करोड ६९ लाख रुपैयाँ छ। महाविपत्ति कोषमा १ करोड ५० लाख रुपैयाँ छ।