सिभिल बैंकको १२औं साधारण सभाले पारित गर्‍यो लाभांश दिने प्रस्ताव

बिजमाण्डू
२०७९ पुष २८ गते १६:१४ | Jan 12, 2023
सिभिल बैंकको १२औं साधारण सभाले पारित गर्‍यो लाभांश दिने प्रस्ताव

काठमाडौं। सिभिल बैंकको १२‍औं वार्षिक साधारण सभाले लाभांश प्रस्ताव पारित गरेको छ। बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लगानिकर्ताहरुलाई चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि प्रति सेयर ०.२६% नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ।

Tata
GBIME
Nepal Life

यसका साथै सभामा सिभिल बैंक लिमिटेडलाई हिमालयन बैंक लिमिटेडले प्राप्ती (एक्विजिशन) गर्ने सन्दर्भमा सो बैंकको १०० कित्ता शेयर बराबर हिमालयन बैंक लिमिटेडको ८०.२८ कित्ता शेयर प्राप्त हुने गरी शेयर आदान प्रदान अनुपात (१००:८०.२८) कायम गरी प्राप्ती (एक्विजिशन) कार्यलाई अन्तिम स्वीकृति प्रदान गरिएको छ।

सभाले चालु आवको लेखापरीक्षण गर्न एस राई एण्ड एसोसिएट्सलाई लेखापरीक्षकमा नियुक्त गरेको छ।

सभामा बोल्दै बैंकका अध्यक्ष प्रतापजंग पाण्डेले हिमालयन बैंकसँगको मर्जरलाई नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृति दिएपछि दुवै बैंकको एकीकृत कारोबार २०७९ माघ भित्र सुरु गर्ने योजना रहेको बताए।