
काठमाडौं। लक्ष्मी बैंकको २२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।
सभाले गत आर्थिक वर्षका लागि संचालक समितिको प्रतिवेदन र बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको हो।
साथै आर्थिक वर्षका लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ।
गत आवमा बैंकसँग १३९ अर्ब रुपैयाँ निक्षेप र १३२ अर्ब रुपैयाँ कर्जा पुर्याएको छ। बैंकको वासलात १७३ अर्ब रुपैयाँ रहेको छ । सो वर्ष बैंकले १ अर्ब ५१ करोड रुपैंया खुद नाफा कमाएको हो।
लक्ष्मी बैंक र सनराइज बैंक आपसमा गाभिन गत सोमबार औपचारिक सम्झौता भएको थियो। प्रारम्भिक सहमति अनुसार, दुवै बराबरी हैसियत अर्थात १:१ को सेयर आदान प्रदान अनुपातमा गाभिन तयार भएका हुन्।