BIZMANDU
www.bizmandu.com

लक्ष्मी बैंकको २२औं वार्षिक साधारणसभा सम्पन्न, बैंकको वासलात १७३ अर्ब नाघ्यो

२०७९ पुष २८

लक्ष्मी बैंकको २२औं वार्षिक साधारणसभा सम्पन्न, बैंकको वासलात १७३ अर्ब नाघ्यो
लक्ष्मी बैंकको २२औं वार्षिक साधारणसभा सम्पन्न, बैंकको वासलात १७३ अर्ब नाघ्यो


काठमाडौं। लक्ष्मी बैंकको २२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।  

Tata
GBIME
Nepal Life

सभाले गत आर्थिक वर्षका लागि संचालक समितिको प्रतिवेदन र बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको हो। 

साथै आर्थिक वर्षका लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ।  

गत आवमा बैंकसँग १३९ अर्ब रुपैयाँ निक्षेप र १३२ अर्ब रुपैयाँ कर्जा पुर्‍याएको छ। बैंकको वासलात १७३ अर्ब रुपैयाँ रहेको छ । सो वर्ष बैंकले १ अर्ब ५१ करोड रुपैंया खुद नाफा कमाएको हो।

लक्ष्मी बैंक र सनराइज बैंक आपसमा गाभिन गत सोमबार औपचारिक सम्झौता भएको थियो। प्रारम्भिक सहमति अनुसार, दुवै बराबरी हैसियत अर्थात १:१ को सेयर आदान प्रदान अनुपातमा गाभिन तयार भएका हुन्।