कुमारी र एनसीसी बैंक मर्जरमा जाने भएपछि सेयर कारोबार रोक्का, ८ बैंकसहित ३१ को रोक्का

बिजमाण्डू
२०७९ असोज ११ गते ११:३१ | Sep 27, 2022

काठमाडौं। मर्जरमा जाने प्रक्रियामा अघि बढेका कुमारी बैंक र एनसीसी बैंकको सेयर कारोबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले रोक्का गरेको छ। दुई बैंकबीच मर्जरको प्रारम्भिक सम्झौता पत्रमा सोमबार हस्ताक्षर भएको थियो। 

Tata
GBIME
Nepal Life

सम्झौता अनुसार दुवै बैंक बराबरी हैसियतमा अर्थात् १:१ को स्वाप रेसियोमा गाभिदै छन्। यस्तै, मर्जरपछि एकीकृत कारोबार गर्ने बैंकको नाम कुमारी बैंक नै रहनेछ। मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल हुने छन्। कुमारीका रामचन्द्र खनाल वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत हुने छन्। 

दुई बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड हुनेछ। बैकको निक्षेप ३ खर्ब ११ अर्ब ३४ करोड निक्षेप हुनेछ भने कर्जा २ खर्ब ७४ अर्ब ५५ करोड हुनेछ। जगेडा कोषहरुमा भएको रकम लगायतका आधारमा बैंकको कुल पुँजी ३७ अर्ब ६५ करोड हुनेछ।

कुमारी बैंक र एनसीसी बैंकसहित मर्जरका लागि कुल ८ वटा वाणिज्य बैंकहरुको कारोबार रोक्का छ। यस्तै, ८ वटा निर्जीवन बीमा, ७ वटा लघुवित्त, ८ वटा लाइफ इन्स्योरेन्स  गरी कुल ३१ वटा वित्तीय संस्थाहरुको सेयर कारोबार रोक्का छ।