नेपाल पूर्वाधार सम्मेलन सुरु, स्वर्णिमले भने-‘आन्तरिक लगानीमा ध्यान नदिए श्रीलंकाजस्तै फसिन्छ’

बिजमाण्डू
२०७९ भदौ २३ गते ११:२० | Sep 8, 2022
नेपाल पूर्वाधार सम्मेलन सुरु, स्वर्णिमले भने-‘आन्तरिक लगानीमा ध्यान नदिए श्रीलंकाजस्तै फसिन्छ’

काठमाडौं। नेपाल पूर्वाधार सम्मेलन-२०२२ बिहीबारबाट काठमाडौंमा सुरु भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको संयुक्त आयोजनामा यो सम्मेलन भएको हो।

Tata
GBIME

दिगो पूर्वाधारमार्फत देशको समग्र विकास गर्न सकिन्छ भन्ने विश्वासका साथ परिसंघले सरकारसँगको साझेदारीमा सन् २०१४ देखि नेपाल पूर्वाधार सम्मेलन गर्दै आएको छ। सम्मेलनमा अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले नेपालको पुर्वाधार विकासमा आन्तरिक लगानीमा जोड दिनुपर्ने बताए।

उनले आन्तरिक लगानीमा ध्यान नदिँदा श्रीलंकाजस्तै आर्थिक संकटमा फस्ने चेतावनी दिए। 'वैदेशिक लगानी तथा ऋणदाताहरुको सहयोगमा भौतिक पुर्वाधारहरुको विकास अगाडि बढाउँदा श्रीलंका समस्यामा पर्‍यो,' उनले भने।

वाग्लेले भौतिक पुर्वाधारको प्रभाव बढाउन र दिगो विकास हासिल गर्न आन्तरिक लगानीमा प्राथमिकता दिनुपर्ने धारणा राखे। 'पूर्वाधार विकास जनता र आर्थिक रूपमा प्रतिफल दिने हुनुपर्छ,' उनले भने, 'पूर्वाधार विकासलाई दिगो रूपमा आगाडि बढाउनु पर्छ। समाजमा पूर्वाधार विकासको बारेमा बुझाउनु आवश्यक छ।'

उनले कोरोनापछि भौतिक पूर्वाधारमा रहेको कमीलाई देखाएको बताउँदै त्यस पाठलाई मनन गरेर अगाडि बढ्नुपर्ने बताए।