पिपुल्स पावरको आइपिओ बाँडफाँट, २ लाख २९ हजारले पाए १० कित्ता सेयर

बिजमाण्डू
२०७९ भदौ १२ गते १६:२७ | Aug 28, 2022
पिपुल्स पावरको आइपिओ बाँडफाँट, २ लाख २९ हजारले पाए १० कित्ता सेयर

काठमाडौं। पिपुल्स पावर लिमिटेडको आइपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँट भएको हो।

Tata
GBIME
Nepal Life

कम्पनीको सेयरमा १५ लाख ५१ हजार ४१३ वटा योग्य आवेदन परेको थियो। मागभन्दा बढी आवेदन पारेकाे गोलाप्रथाबाट २ लाख २९ हजार ४६८ जनालाई न्युनतम १० कित्ताको दरले २२ लाख ९४ हजार ६८० कित्ता सेयर वितरण गरिएको हो। 

बाँकी दुई कित्ता सेयर पनि आवेदन परेका दुई जनालाई एक/एक कित्ता गरि वितरण गरिएको छ। ६० हजार कित्ताका लागि आवेदन दिने ५ हजार ११२ आवेदक अयोग्य घोषित भएका छन्। 

कम्पनीले साउन ३१ गतेदेखि भदौ ५ गतेसम्म २४ लाख ६७ हजार ४०० कित्ता सेयर बिक्री खुलाएको थियो।

जसमध्ये २ प्रतिशत अर्थात ४९ हजार ३४८ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको हो। १ लाख २३ हजार ३७० कित्ता सेयर सामूहिक लगानी कोषहरुमा बाँडफाँट भएको छ। बाँकी २२ लाख ९४ हजार ६८२ कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिएका थिए।