महालक्ष्मी विकास बैंकको नाफा ४४ प्रतिशतभन्दा धेरैले बढ्यो, प्रतिसेयर आम्दानी २३.७३ रुपैयाँ

बिजमाण्डू
२०७९ साउन २२ गते १७:०१ | Aug 7, 2022
महालक्ष्मी विकास बैंकको नाफा ४४ प्रतिशतभन्दा धेरैले बढ्यो, प्रतिसेयर आम्दानी २३.७३ रुपैयाँ

काठमाडौं। महालक्ष्मी विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/७९ मा नाफा ४४.२१ प्रतिशतले बढाएको छ। बैंकले २०७७/७८ को तुलनामा गत आवमा यसरी नाफामा सुधार गरेको हो। 

Tata
GBIME

बैंकका अनुसार, गत आवमा यसले ९५ करोड १९ लाख रुपैयाँ नाफा कमाएको छ। त्यसअघिको आवमा बैंकले ६६ करोड नाफा कमाएको थियो। 

बैंकको खुद ब्याज आम्दानीमा पनि १८.०८ प्रतिशतको सुधार गरेको तथ्यांकले देखाएको छ। बैंकले गत आवमा एक अर्ब ८९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको हो। 

बैंकले गत वर्ष असार मसान्तसम्म ४५ अर्ब ८९ करोड  ८३ लाख रुपैयाँ  निक्षेप संकलन गरेर ४० अर्ब ४२ करोड १९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। सो अवधिमा बैंकले संकलन गरेको निक्षेप १५.०९ प्रतिशत बढेको हो। यस्तै, १५.०९ प्रतिशतको वृद्धि कर्जामा देखिन्छ। 

कर्जामा वृद्धि गर्ने क्रमका बीच महालक्ष्मीले खराब कर्जा भने सन्तुलनमा राख्न सफल भएको छ। बैंकको निष्क्रिय कर्जा अनुपात ०.३७ प्रतिशत सुधार भइ २.४३ प्रतिशत पुगेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको निष्क्रिय कर्जा अनुपात २.८० प्रतिशत थियो। 

चुक्ता पूँजी २० प्रतिशत वृद्धि हुँदा हाल बैंकको चुक्ता पुँजी ४ अर्ब एक करोडमाथि पुगेको छ। वृद्धिदर बराबरको बोनस सेयर बैंकले अघिल्लो आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको थियो।  

खुद नाफामा देखिएको सुधारले बैंकको प्रतिसेयर आम्दानी १९.७५ रुपैयाँ बढेर २३.७३ रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको पूँजी पर्याप्तता अनुपात ११.९४ प्रतिशत छ। र सेयरधनी पूँजी कोषमा ६ अर्ब ४२ करोड ९ लाख रुपैयाँ संचित छ।