बुक बिल्डिङ विधि पारदर्शी एवं दिगो बनाउन ‘अटोमेटेड इलेक्ट्रोनिक अक्सन सिस्टम’ ल्याउने

बिजमाण्डू
२०७९ साउन १२ गते १७:०६ | Jul 28, 2022

काठमाडौँ। नेपाल धितोपत्र बोर्डले बुक बिल्डिङ विधि पारदर्शी एवं दिगो रूपमा बजार माझ ल्याउने जनाएको छ।  

Tata
GBIME

चालु आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले बुक बिल्डिङमा अन्तर्राष्ट्रिय स्तरमा प्रयोग भईरहेको 'अटोमेटेड इलेक्ट्रोनिक अक्सन सिस्टम' ल्याउने दाबी गरे।

उनले दिगो र स्थापित तवरमा वास्तविक क्षेत्रका कम्पनीलाई बजारमा पारदर्शी रूपले भित्र्याउन यो सिस्टम तयार गरिने बताए। 

बोर्डले सार्वजनिक निष्काशन स्वच्छ तथा पारदर्शी प्रणाली लागु गरि ठुला सेवामूलक कम्पनी र व्यवसायिक रुपमा सफल कम्पनीहरुलाई धितोपत्र बजारमा सूचीकरण गर्ने उदेश्य लिएको छ। यस्ता कम्पनीमा सर्वसाधारणको स्वामित्व बढाउने बोर्डले जनाएको छ।