नयाँ सारथी लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत, दोस्रो बजारमा थपियो ४ लाख ८४ हजार कित्ता

बिजमाण्डू
२०७९ साउन २ गते ११:०२ | Jul 18, 2022
नयाँ सारथी लघुवित्तको बोनस सेयर नेप्सेमा सूचीकृत, दोस्रो बजारमा थपियो ४ लाख ८४ हजार कित्ता

काठमाडौं। नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा सूचीकृत भएको छ। लघुवित्तको ४ लाख ८४ हजार ४१२.६० कित्ता सेयर सूचीकृत भएको हो। 

Tata
GBIME

कम्पनीले गत वैशाख १० मा १३ औं वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको थियो। 

लघुवित्तले २५ करोड ४९ लाख ५४ हजार को १९ प्रतिशतले हुन आउने ४ करोड ८४ लाख ४१ हजार २ सय ६० रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव  पारित गरेको हो। उक्त बोनस सेयर तथा सभाका लागि लघुवित्तले गत चैत २३ मा बुक क्लोज मिति तोकेको थियो।

उक्त दिनसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनी मात्र सो बोनस सेयरको भागीदार बन्ने मौका पाएका छन्। उक्त बोनस सेयर लगानीकर्ताको डिम्याट खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सकिन्छ। 

बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्ता पुँजी ३० करोड ३३ लाख ९५ हजार २ सय ६० पुगेको छ।