शुक्रबारदेखि सिद्धार्थ बैंकको ४ अर्ब बराबरको ऋणपत्र आउँदै, वार्षिक ब्याजदर १०.७५%

बिजमाण्डू
२०७९ असार ९ गते १३:३५ | Jun 23, 2022

काठमाडौं। शुक्रबारदेखि सिद्धार्थ बैंक लिमिटेडले ऋणपत्र जारी बिक्री गर्ने भएको छ। बैंकले अंकित मूल्य प्रतिकित्ता १ हजारका दरले '१०.७५ % एस.एिल डिवेन्चर २०८९' निष्कासन तथा बिक्री गर्ने जानकारी दिएको हो। 

Tata
GBIME
Nepal Life

१० वर्षका लागि निष्कासन गर्न लागिएको उक्त ऋणपत्रको वार्षिक ब्याजदर १०.७५ प्रतिशत रहेको छ। बैंकले ४ अर्ब रुपैयाँ बराबरको ४०  लाख कित्ता ऋणपत्र बिक्री गर्ने भएको हो। 

उक्त ऋणपत्र मध्ये ६० प्रतिशत अर्थात २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता ऋणपत्र निजी क्षेत्रका लागि बिक्री गरिने छ। बाँकी रहेको १ अर्ब ६० करोड रुपैयाँ बराबरको १६ लाख कित्ता सर्वसाधरणका लागि बिक्री गरिने छ। 

उक्त १६ लाख कित्ता मध्ये ५ प्रतिशतले हुन आउने ८० हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको छ। 

उक्त ऋणपत्र खरिद गर्न इच्छुक लगानीकर्ताले असार १० गतेबाट असार १४ गते सम्म आवेदन दिन सक्नेछन्। १४ गतेसम्म लगानीकर्ताबाट पर्याप्त आवेदन नपरे आवेदन अवधि असार २४ गतेसम्मका लागि लम्बिने बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेडले जनाएको छ। 

आवेदन कुमारी क्यापिटल नागपोखरी नक्साल, सिद्धार्थ बैंकको केन्द्रीय कार्यालय, सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु र मेरो सेयरबाट आवेदन दिन सकिन्छ। 

उक्त ऋणपत्रमा न्यूनतम २५ कित्ता र अघिकतम एक लाख कित्तासम्मका लागि आवेदन दिन सकिन्छ। 

हालसम्म यस कम्पनीले नेपाल राष्ट्र बैंकले स्वीकृति गरे अनुसार देशका १९० स्थानबाट वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ। हाल यस कम्पनीको चुक्ता पुँजी १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार ८३१ रुपैयाँ रहेको छ।