
काठमाडौं। सीवाईसी नेपाल लघुवित्तको सेयर सोमबारदेखि दोस्रो बजार कारोबारमा आउने निश्चित भएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा सीवाईसीको १२ लाख १६ हजार ४१८ कित्ता साधारण सेयर सूचीकृत भएको हो।
नेप्से र लघुवित्तबीच गत शुक्रबार धितोपत्र सूचीकरण सम्झौता भएको थियो। लघुवित्तले सर्वसाधारणका लागि निष्कासन गरेको ३ लाख ९५ हजार ३३६ कित्ता र संस्थापकहरुले लगानी गरेको ८ लाख २१ हजार ८२ कित्ता गरी १२ लाख १६ हजार ४ सय ८१ कित्ता सेयर सूचीकृत गरेको छ।
लघुवित्तको सेयरलाई नेप्सेले न्यूनतम ३४४ रुपैयाँ ३६ पैसादेखि १०३३ रुपैयाँ ८ पैसा ओपनिङ रेन्ज प्रदान गरेको छ। त्यस अनुसार सोमबार अर्थात भोलिबाट लघुवित्तको दोस्रो बजारमा कारोबार खुल्ने छ।
सीवाईसीले गत वैशाख पहिलो साता आइपीओ ल्याएको थियो।