BIZMANDU
www.bizmandu.com

सीवाईसी नेपाल लघुवित्तको १२ लाख १६ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत, न्युनतम मूल्य ३४४

२०७९ जेठ २९

सीवाईसी नेपाल लघुवित्तको १२ लाख १६ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत, न्युनतम मूल्य ३४४
सीवाईसी नेपाल लघुवित्तको १२ लाख १६ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत, न्युनतम मूल्य ३४४

काठमाडौं। सीवाईसी नेपाल लघुवित्तको सेयर सोमबारदेखि दोस्रो बजार कारोबारमा आउने निश्चित भएको छ। नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा सीवाईसीको १२ लाख १६ हजार ४१८ कित्ता साधारण सेयर सूचीकृत भएको हो। 

Tata
GBIME
Nepal Life

नेप्से र लघुवित्तबीच गत शुक्रबार धितोपत्र सूचीकरण सम्झौता भएको थियो। लघुवित्तले सर्वसाधारणका लागि निष्कासन गरेको ३ लाख ९५ हजार ३३६ कित्ता र संस्थापकहरुले लगानी गरेको ८ लाख २१ हजार ८२ कित्ता गरी १२ लाख १६ हजार ४ सय ८१ कित्ता सेयर सूचीकृत गरेको छ। 

लघुवित्तको सेयरलाई नेप्सेले न्यूनतम ३४४ रुपैयाँ ३६ पैसादेखि १०३३ रुपैयाँ ८ पैसा ओपनिङ रेन्ज प्रदान गरेको छ। त्यस अनुसार सोमबार अर्थात भोलिबाट लघुवित्तको दोस्रो बजारमा कारोबार खुल्ने छ।

सीवाईसीले गत वैशाख पहिलो साता आइपीओ ल्याएको थियो।