विद्युत प्राधिकरणले खेलाँची गरेको शेखर गोल्छाको आरोप, ‘अहिले उद्यमीका लागि निकै कठिन समय’

बिजमाण्डू
२०७९ बैशाख १९ गते १०:०२ | May 2, 2022
विद्युत प्राधिकरणले खेलाँची गरेको शेखर गोल्छाको आरोप, ‘अहिले उद्यमीका लागि निकै कठिन समय’

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले 'विद्युत प्राधिकरणले खेलाँची गरिरहेको' आरोप लगाएका छन्।

Tata
GBIME

पूर्व बजेटकालीन छलफल कार्यक्रममा बोल्दै गोल्छाले अहिलेको ऊर्जा संकटमा प्राधिकरणले खेलाँची गरेको आरोप लगाएका हुन्। अर्थमन्त्रीसहित आर्थिक क्षेत्रका विज्ञ राखेर महासंघले छलफल गरेको हो।

गोल्छाले भने 'विद्युत निर्यात गर्ने भनेर हल्ला चलाउने तर उद्योगलाई १८ घन्टासम्म लोडसेडिङ गर्ने काम भएको छ।'

उनले उद्योगलाई वैकल्पिक उर्जाको तयारी गर्न नदिई विद्युत कटौती गर्नु दुखद भएको टिप्पणी गरेका छन्। उनले अहिले उद्योगीको लागि निकै कठिन समय रहेको बताए।

'बैंकबाट ऋण पाइँदैन। ब्याजदर बढेको छ। ऊर्जा संकट बढेको छ,' उनले भने, 'तर सरकारले कुनै चासो देखाएको छैन।'