ललितपुर महानगरमा कांग्रेसबाट चिरिबाबु महर्जन मेयरको उम्मेदवार, विराटनगरमा नागेश

बिजमाण्डू
२०७९ बैशाख १२ गते १२:१६ | Apr 25, 2022
ललितपुर महानगरमा कांग्रेसबाट चिरिबाबु महर्जन मेयरको उम्मेदवार, विराटनगरमा नागेश

काठमाडौं। कांग्रेसले ललितपुर महानगरपालिका प्रमुखमा चिरिबाबु महर्जनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले ललितपुर महानगर प्रमुखको उम्मेदवारमा बहालवाला मेयर महर्जनको नामलाई नै पक्का गरेको बालुवाटार स्रोतले जनायो।

Tata
GBIME
Nepal Life

प्रमुखको उम्मेदवारका लागि महर्जनसँगै उपप्रमुख गीता सत्याल, प्रेमकृष्ण महर्जन र चन्द्र महर्जनको नाम सिफारिस गरिएको थियो।

आइतबारको कांग्रेस केन्द्रीय सम्पादन समितिको बैठकले उम्मेद्वार टुंगो लगाउने जिम्मा देउवालाई प्रदान गरेको हो।

देउवाले काठमाडौंको मेयरमा सिर्जना सिंह र विराटनगरको मेयरमा नागेश कोइरालालाई टिकट दिएका छन्।