ब्याजदर वृद्धि रोक्न एफएनसीसीआईले राष्ट्र बैंक गुहार्‍यो, ‘ब्याज बढे उद्योग व्यवसाय धरासायी’

बिजमाण्डू
२०७८ माघ २८ गते २०:५४ | Feb 11, 2022
ब्याजदर वृद्धि रोक्न एफएनसीसीआईले राष्ट्र बैंक गुहार्‍यो, ‘ब्याज बढे उद्योग व्यवसाय धरासायी’

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले बैंक तथा वित्तीय संस्थालाई तत्कालै ब्याजदर बढाउने निर्णय स्थगन गर्न आग्रह गरेको छ। नेपाल राष्ट्र बैंकको दबाबमा नेपाल बैंकर्स एशोसिएसनले शुक्रबार निक्षेपको ब्याजदर बढाउने निर्णय गरेको थियो।

Tata
GBIME

यो निर्णयसँगै महासंघले राष्ट्र बैंक गुहार्दै ब्याजदर स्थगनका लागि आग्रह गरेको हो।  फागुन १ गतेदेखि लागु हुने गरि मुद्दती निक्षेपको ब्याज दर १०.०५ प्रतिशतबाट बढेर ११.०३ प्रतिशत पुगेको छ।

संस्थागत निक्षेपकर्ताले १०.०३ प्रतिशत पाउने छन्। रेमिटेन्स पठाउनेले भने १२.०३ प्रतिशत पाउने छन्। वाणिज्य बैंकसँगै विकास बैंक र  वित्त कम्पनीले समेत ब्याजदर बढाउने निर्णय शुक्रबारनै गरिसकेका छन्। निक्षेपको ब्याजदरसँगै कर्जाको ब्याज समेत बढ्नेछ। त्यही भएर महासंघले शुक्रबारनै विज्ञप्ति जारी गर्दै  कोभिडबाट असहज अवस्था भोगिरहेका उद्योगी व्यवसायीले लिएको ऋणको ब्याज बढेमा उद्योग व्यवसाय धरासायी हुने उल्लेख गरेको छ।

महासंघले व्याजदर वृद्धिको असर मुुलुकको उत्पादन र अर्थतन्त्रमा पर्ने जनाउँदै यो निर्णयबाट कर्जाको व्याज बढेर उद्योग व्यवसाय थप सिथिल हुने जिकिर गरेको छ।