रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क आर्जन ४६.२३% बढ्यो, बीमालेखबाट २ अर्ब ५ करोड

बिजमाण्डू
२०७८ माघ २५ गते १०:४० | Feb 8, 2022
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क आर्जन ४६.२३% बढ्यो, बीमालेखबाट २ अर्ब ५ करोड

Tata
GBIME

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १८ करोड ५ लाख रुपैया खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा नाफा करिब डेढ प्रतिशत वृद्धि भएको छ।

गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म इन्स्योरेन्सले १७ करोड ७९ लाख रुपैयाँ कमाएको थियो। चालु आर्थिक वर्षको पुस अन्त्यसम्म इन्स्योरेन्सको जगेडा कोषमा एक अर्ब ६० लाख रुपैयाँ सञ्चित छ। सोही अवधिमा कम्पनीको जीवनबीमा कोषमा ३ अर्ब ६१ करोड रुपैयाँ र महाविपत्ति कोषमा ९ करोड ७९ लाख रुपैयाँ छ।

पुस अन्त्यसम्म आइपुग्दा जगेडा कोष २५.७ प्रतिशत, जीवनबीमा कोष ८९.२९ प्रतिशत र महाविपत्ति कोष ३०.५३ प्रतिशत वृद्धि भएको छ। दोस्रो त्रैमाससम्म इन्स्योरेन्सले चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ पुर्‍याएको छ। 

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन एक अर्ब ९२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा एक अर्ब ३१ करोड ५५ लाख रुपैयाँ खुद बीमाशुल्क अर्जन गरेको थियो। इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन पुस अन्त्यसम्म आइपुग्दा ४६.२३ प्रतिशत बढेको छ। 

यस अवधिसम्म कुल ४६ लाख ९४ हजार ४७३ जारी बीमालेख संख्या रहेको रिलायबलले दोस्रो त्रैमाससम्ममा २ अर्ब ५ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। इन्स्योरेन्सले ७१ सय वटा दाबी भुक्तानीबापत ५८ करोड ४७ लाख रुपैयाँ भुक्तानी गरेको छ। 

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म इन्स्योरेन्सको प्रतिसेयर आम्दानी २५.७९ रुपैयाँ छ। प्रति सेयर नेटवर्थ १७८.८५ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ५५०.३९ रुपैयाँ छ।