सिटामोलको अभाव अन्त्य गर्न सरकारलाई सर्वोच्चको आदेश, ‘प्रगति विवरणसहित माघ १७ गते हाजिर हुनू’

बिजमाण्डू
२०७८ माघ ११ गते २१:३० | Jan 25, 2022
सिटामोलको अभाव अन्त्य गर्न सरकारलाई सर्वोच्चको आदेश, ‘प्रगति विवरणसहित माघ १७ गते हाजिर हुनू’

काठमाडौं। सर्वोच्च अदालतले अत्यावश्यक औषधि सहज रूपमा उपलब्ध हुने प्रबन्ध गर्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

Tata
GBIME

कोभिड संक्रमण जोखिम बढिरहेको अवस्थामा सिटामोल समेत नपाएको भन्दै जनगुनासो बढिरहेको छ।

अदालतले सिटामोलसहितका कोभिडको उपचारमा सहयोगी मानिएका अत्यावश्यक औषधिको प्रबन्ध गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका नाममा आदेश जारी गरेको हो।  

न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले आदेशमा औषधिको सहज उपलब्धता र वितरण गर्न भनिएको छ। इजलासले औषधि सहज व्यवस्थापनका लागि भएका उपलब्धिसहित माघ १७ गते दुवै पक्षलाई छलफलमा उपस्थित हुन पनि आदेश जारी गरेको छ।