स्वाभिमान लघुवित्तले शेयरधनीलाई ३४% लाभांश दिने प्रस्ताव पारित, चार संचालक चुनिए

बिजमाण्डू
२०७८ पुष ९ गते १५:१८ | Dec 24, 2021

काठमाडौं। स्वाभिमान लघुवित्त वित्तीय संस्थाले ३४ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ।

Tata
GBIME

लघुवित्तको पाँचौ वार्षिक साधारणसभाले ३२.३० प्रतिशत बोनस शेयर तथा १.७० प्रतिशत नगद दिने प्रस्ताव पारित गरेको हो।

साधारणसभाले चारजना संचालकहरु समेत चयन गरेको छ।

सन्तोष नारायण श्रेष्ठ कृष्णप्रसाद अर्याल, गिरीराज पाठक तथा हेमलाल शर्मा संस्थापक तर्फबाट निर्विरोध चयन भएको लघुवित्तले जनाएको छ।

संचालक समितिको बैठकले सन्तोष नारायण श्रेष्ठलाई संचालक समितिको अध्यक्ष समेत चयन गरेको जारी विज्ञप्तिमा जनाइएको छ।

रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको लघुवित्तको हाल ७ जिल्लामा ३४ वटा शाखा कार्यालयहरु छन्।

संस्थाले हालसम्म १ अर्ब ७२ करोड ६८ लाख कर्जा लगानी गरेको तथा ५५ करोड बचत संकलन गरेको जानकारी समेत दिएको छ।