सानिमा इक्विटी फण्डद्वारा ३३ प्रतिशत लाभांश घोषणा, लार्ज क्याप फण्डले चार प्रतिशत दिने

बिजमाण्डू
२०७८ भदौ १६ गते ११:०५ | Sep 1, 2021

काठमाडौं। सानिमा क्यापिटल अन्तर्गतका दुई वटा स्किमले लाभांश घोषणा गरेका छन्। सानिमा इक्विटी फण्ड र सानिमा लार्ज क्याप फण्डले लाभांश घोषणा गरेका हुन्।

Tata
GBIME

सानिमा इक्विटी फण्डले गत बर्षको नाफाबाट ३३ प्रतिशत लाभांश बाँड्न लागेको हो। यसबापत सर्वसाधारण इकाइधनीले ४२ करोड ९० लाख रुपैयाँ लभांश पाउने छन्। 

सानिमा लार्ज क्याप फण्डले ४ प्रतिशत घोषणा गरेको छ। यसबाट सर्वसाधारणले ४ करोड ८० लाख रुपैयाँ पाउने छन्। 

सानिमा इक्विटी फण्डको आकार एक अर्ब ३० करोड रुपैयाँको छ। लार्ज क्यापको एक अर्ब २० करोड रुपैयाँको छ। कम्पनीले बुकक्लोजको मिति पछि तय गर्ने जनाएको छ।