नेपालमा सार्वजनिक भयो प्रोटोनको पहिलो एसयुभी ‘प्रोटोन एक्स ७०’, सुरुवाती मूल्य ८७ लाख

बिजमाण्डू
२०७८ असार १७ गते १३:३९ | Jul 1, 2021

Tata
GBIME

काठमाडौं। प्रोटोन गाडीको आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले 'प्रोटोन एक्स ७०' सार्वजनिक गरेको छ।

'प्रोटोन एक्स ७०' प्रोटोनको पहिलो स्पोर्ट्स युटिलिटी भेहिकल हो। कम्पनीका अनुसार नेपाली बजारमा यो गाडीको आधिकारिक बजार मूल्य ८७ लाख रुपैयाँ निर्धारण गरिएको छ। 

'प्रोटोन एक्स ७० ले मलेशियामा मात्र नभइ विश्वभर आफ्नो लोकप्रियता कायम गर्न सफल भएको छ। नेपालमा पनि यो गाडीको लोकप्रियता छाउने आशा लिएका छौँ। प्रोटोनमार्फत जगदम्बा मोटर्सको उचाई थप विस्तार हुनका साथै प्रोटोन एक्स ७० ले मुलुकको सवारीसाधन बजारमा नयाँ च्याप्टर सुरु गर्ने आशा लिएका छौँ।' शंकर ग्रुप एवं जगदम्बा मोटर्सका अध्यक्ष शाहिल अग्रवालले भने। 

यस गाडीले मलेशियासँगै ७० वटा देशहरुमा प्रोटोन एक्स ७०ले  लोकप्रियता कायम गर्दै आएको जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक अग्रवालले बताए।

'यो गाडीमा प्रयोग गरिएको नविनतम प्रविधी र युनिक डिजाइनका कारण नेपालको सडमार्गका लागि निकै उपयोगी रहने कुरामा हामी विश्वस्त छौँ। सवारीसाधनका पारखीमार्फत जगदम्बा मोटर्सको उचाई विस्तार हुने कुरामा विशवस्त छौँ।' उपाध्यक्ष अग्रवालले भने। 

उनका अनुसार प्रोटोन  एक्स ७० खरिद गर्ने ग्राहकले पाँच वर्षको सेफ्टी वारेन्टी प्राप्त गर्न सक्नेछन्। 

यस्तो छ प्रोटोन एक्स ७० 

सोफेस्टिकेटेड 'परिस्कृत' फिचर र डिजाइनमा आविष्कार गरिएको यो गाडी विश्वकै चर्चितमध्येको एक मानिदै आएको छ। गाडीको वाह्य आवरण अन्तर्गत जडान गरिएको स्लिक फ्रन्ट बम्पर, फ्लोटीङ रुफ डिजाइन, टाइगर आइ सेप्ड एलइडी हेडल्याम्प, रेन डिटेक्सन वाइपर, पानारोमीक सनरुफ, किक सेन्सर सहितको टेल गेट लगायतले थप आकर्षक देखिने कम्पनीले जनाएको छ।

यसैगरी गाडीको आन्तरिक भागतर्फ ब्लुटुथ फोन कन्ट्रोल सिस्टम र रेडियो कन्ट्रो सहितको नाप्पन लेदर स्टेरिङ व्हिल जडान गरिएको छ।

कम्पनीका अनुसार गाडीभित्र जडान आठ इन्चको स्क्रिन, स्मार्ट फोन कनेक्टिभिटी सिस्टम, इन्टेलिजेन्ट एयर प्युरिफिकेसन सिस्टम, क्याविन फिल्टर, युएसबी पोर्ट्स, पोर्टेबल प्यासेनत्जर सिट र भेन्टिलेटेड फ्रन्ट सिट जडान गरिएको छ।

१.५ टिजीडीआइ (टर्बोचार्ज्ड ग्यासोलिन डाइरेक्ट इन्जेकशन इन्जिन) युक्त गाडीमा भोल्भोले उत्पादन गरेको सात स्पिड (डुअल क्लच ट्रान्समिसन) जडान गरिएको छ।

गाडीमा जडान गरिएको इन्टेलिजन्ट रियल टाइम फोर व्हिल ड्राइभ र प्रोटोन ट्युन्ड च्यासिसमार्फत हिल होल्ड एसिस्ट र हिल डिसेन्ट एसिस्ट  गर्न सकिने कम्पनीले जनाएको छ।