जावलाखेलबाट कोभिड उपचारमा २ करोड सहयोग, विजय शाहले भने-‘संकटमा सहयोग गर्नु मानव धर्म’

बिजमाण्डू
२०७८ जेठ ७ गते १४:५४ | May 21, 2021
जावलाखेलबाट कोभिड उपचारमा २ करोड सहयोग, विजय शाहले भने-‘संकटमा सहयोग गर्नु मानव धर्म’

Tata
GBIME

काठमाडौं। कोभिड-१९को उपचारका लागि आवश्यक अक्सिजन भेन्टिलेटर आइसीयूका लागि जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले दुई करोड रुपैयाँ सहयोग गरेको छ।

समूहले धुलिखेल अस्पतालमा अक्सिजन प्लान्ट र आइसीयू विस्तारका लागि १ करोड ३५ लाख रुपैयाँ सहयोग गरेको छ। विभिन्न प्रदेशहरुमा सामुदायिक समूहको प्रयासका लागि ७५ लाख रुपैयाँ सहयोग गरेको छ। समूहले नेपाल भेन्टिलेटर सर्भिसलाई हाइ फ्लो क्यानुला भेन्टिलेटर खरीद गर्न सहयोग गरेको जनाएको छ।

वीरगंज महानगरपालिकामार्फत पर्सामा अस्थायी कोभिड अस्पताल संचालनका लागि समेत समूहले सहयोग गरेको छ। समूहले रोटरी क्लबले संचालनमा ल्याएको आइसोलेसन सेन्टर र अक्सिजन बैंकमा समेत सहयोग गरेको छ। ललितपुर महानगरपालिका र ज्यापु समाजको सहयोगमा संचालित आइसोलेसन सेन्टरमा उपकरण र सामाग्री खरीद, मोरङमा अक्सिजन सहितको आइसोलेसन सेन्टर संचालनका लागि विराटनगर युनिकलाई समूहले सहयोग गरेको छ।

समूहले झापामा अक्सिजन बैंक संचालन सहयोग गरेको जनाउँदै कैलालीमा अक्सिजन बैंक संचालन गर्न सहयोग गरेको छ। रुपन्देहीमा अक्सिजन ग्यास भर्ने कार्यको लागि सहयोग गरेको जनाउँदै रुपन्देहीमा संचालित आइसोलेसन सेन्टरका लागि उपकरण खरीदमा सहयोग गरेको समूहले जनायो।

रुपन्देहीमा संचालित आईसोलेसन सेन्टरका लागि उपकरण खरिदमा सहयोग गरेको समूहले जनाएको छ। समूहले देशैभरि आफ्ना ग्राहक तथा स्थानीय समुदायलाई पाँच लाख फेसमास्क वितरण गरेको जनाएको छ। समूहका अध्यक्ष विजयकुमार शाहले महामारीले संकट परेका बेला समुदायलाई सहयोग गर्नु मानव धर्म रहेको बताए।

उनी गत वर्ष सबैभन्दा बढी आयकर तिर्ने उद्योगीको रुपमा सम्मानित भएका थिए।  समूहका कार्यकारी निर्देशक सशिन जोशीले मुलुक कठिन परिस्थितीमा ग्रुजिरहेको व्यवसायिक घरानाले कुनै अपेक्षा नराखी सहयोग गर्नुपर्ने बताए।