सर्वोत्तम सिमेन्टले नवलपरासीमा अस्पताल निर्माण गर्ने, भैरहवामा इमर्जेन्सी कक्ष उद्घाटन

बिजमाण्डू
२०७७ चैत्र २५ गते १४:१९ | Apr 7, 2021
सर्वोत्तम सिमेन्टले नवलपरासीमा अस्पताल निर्माण गर्ने, भैरहवामा इमर्जेन्सी कक्ष उद्घाटन

Tata
GBIME
Nepal Life

काठमाडौं। सर्वोत्तम सिमेन्टले १५ शैय्याको अस्पताल निर्माण गर्ने भएको छ। नवलपरासीको सुनवल नगरपालिकामा सामाजिक उत्तरदायित्वअन्तर्गत सर्वोत्तम सिमेन्टले १५ बेड क्षमताको अस्पताल निर्माण गर्ने गरी नगरपालिकालाई प्रतिबद्धता पत्र प्रदान गरेको छ।  

चार करोड रुपैयाँको लागतमा अस्पताल निर्माणको प्रतिबद्धता–पत्र सर्वोत्तम सिमेन्टका अध्यक्ष विष्णु न्यौपानेले सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापा क्षेत्रीलाई हस्तान्तरण गरेका छन्। हस्तान्तरण कार्यक्रममा लुम्बीनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको पनि उपस्थिति थियो।

यस्तै, कम्पनीका अध्यक्ष न्यौपानेका पिता लिलाराम न्यौपानेको स्मृतिमा भीम अस्पताल, भैरहवामा बनेको लिलाराम न्यौपाने आकस्मिक कक्षको समेत उद्घाटन भएको बताइएको छ। अत्याधुनिक कक्षमा २५ बेड सहित तीन वटा आईसीयू तथा दुईवटा भेन्टिलेटरको सुविधा रहेको कम्पनीले जनाएको छ। दुई तले भवनको निर्माण लागत तीन करोड २५ लाख रुपैयाँ रहेको बताइएको छ।

उद्योगले आफ्नो उत्पादन क्षमता ४० हजार बोरा प्रति दिनबाट बढाएर ६० हजार बोरा पुर्याएको छ। सर्वोत्तम सिमेन्टले अत्याधुनिक यूरोपियन भिआरएम प्रविधिको प्रयोग गरी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो सिमेन्ट उद्योग हो। 

आइ.एस.ओ. ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण–मैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणित समेत भएको कम्पनीले ग्रिन सर्वोत्तम ओपीसी र सौरभ ग्रिन पीपीसी नामक ब्राण्डका सिमेन्टहरु उत्पादन र बिक्री गर्दै आएको कम्पनीका ब्राण्ड म्यानेजर गोपाल शारडाले बताए।