आइएमइ पे एपबाट उपलब्ध सबै क्युआर स्क्यान गर्न मिल्ने, फोन पे, स्मार्ट, आइएमई पेमा भुक्तानी

बिजमाण्डू
२०७७ चैत्र १० गते १५:२६ | Mar 23, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। आइएमई पे एपबाट नेपालमा उपलब्ध सबै क्युआर स्क्यान गर्न मिल्ने भएको छ। 

नेपालमा उपलब्ध फोन पे, स्मार्ट क्यु आर, युनियन पे र आइएमई पे क्युआर सेवाग्राहीहरुले सजिलै आइएमई पे एपबाट स्क्यान गरी भुक्तानी गर्न सक्ने छन्। 

नेपालमा क्युआर स्क्यान गरी  भुक्तानी गर्ने व्यवहार बढ्दै गरेको परिप्रेक्षमा सरकारको डिजिटल नेपाल अभियानलाई आत्मसात गरी अभियानमा सहभागी हुँदै आएको आइएमई पेको यो सेवाले डिजिटल नेपाल अभियानलाई थप बल मिल्ने विज्ञप्तिमा उल्लेख छ। 

३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो।