काठमाडौं। बुद्ध एयरको थप एटिआर-७२ जहाज शुक्रबार नेपाल अवतरण हुने भएको छ।
विश्वसनियता विस्तारका लागि कम्पनीले यो सिरीजको जहाज थप्न लागेको कम्पनीका बजार तथा विक्री निर्देशक रुपेश जोशीले बताए।
'यात्रु मागलाई ध्यानमा राख्दै हामीले एटिआर-७२ सिरीजको दुईवटा जहाज थप्न लागेका हौँ। एउटा जहाज शुक्रबार अवतरण हुनेछ। अर्को जहाज दुई महिनापछि ल्याउने तयारी गरिरहेका छौँ।' बजार तथा विक्री निर्देशक जोशीले भने।
कम्पनीले चाँडै नै तीनवटा जहाज नेपालगञ्ज, विराटनगर र भैरहवा लगायतका गन्तब्यमा नाइट स्टपका लागि राखेर संचालनमा ल्याउने योजना रहेको पनि उनले जानकारी दिए।
'शुक्रबार नेपाल अवतरण हुने जहाज बिहीबार ग्रिसबाट उडान भइसकेको छ। आज साँझ मिडल इस्ट आइपुग्नेछ। भोलि साँझ ६:३० बजे यो जहाज नेपाल अवतरण हुनेछ।'उनले भने।
'समय यात्रुको उडान हाम्रो' नाराका साथ कम्पनीले यो सेवा संचालन गर्ने योजना बनाएको उनले बताए।
शुक्रबार थप एउटा एटिआर-७२-५०० सिरीजको जहाज थपिएसँगै बुद्धसँग एटिआर सिरीजको जहाज संख्या नौ पुग्नेछ भने कुल जहाज १४ वटा हुनेछ। एटिआर-७२ बाहेक कम्पनीसँग तीनवटा एटिआर-४२ र दुईवटा विचक्राफ्ट जहाज रहेका छन्।
Juren Khatri[ 2021-01-22 02:49:03 ]
निजि कम्पनीले मोबाईल किने जत्तिकै बिमान किनिराखेका छन सरकारी भने खालि उडिरहेको अवस्था। छर्लङ छ नि चरम राजनितिकरण र भ्रस्टाचार कति हुन्छ भनेर।
Chetan Pant[ 2021-01-23 03:19:41 ]
बधाई बुद्ध एयर ! रामरो योजना!
Narayan Gurung[ 2021-01-24 11:17:01 ]
Good
Ram Rai[ 2021-01-23 05:38:22 ]
Good service nepal budda air
एकेन्द्र साउद[ 2021-01-23 01:41:04 ]
Congratulations
Abdul Mannan Khan[ 2021-01-23 07:34:12 ]
Congratulations
Gaurav Catwal[ 2021-01-23 06:51:06 ]
Good
CloudCross Travels[ 2021-01-23 06:44:15 ]
GOOD LUCK 🤞
BUDDHA AIR ENTIRE TEAM.
Raj K Shrestha[ 2021-01-23 06:09:21 ]
Good
Pancha Prakash Pradhanang[ 2021-01-23 05:42:05 ]
बधाई तथा शुभकामना
Raj Budhathoki[ 2021-01-22 01:45:08 ]
Good news
Manoj Poudel[ 2021-01-22 08:50:05 ]
Satej Regmi[ 2021-01-22 03:51:21 ]
Suyog Nepal
Ram Siwakoti[ 2021-01-22 12:45:09 ]
जन्म दिनको असिमित शुभकामना
Subin Pathak[ 2021-01-22 12:08:05 ]
Nepal airlines ni private lai diye kehi uplabdi hunthyo ki.
Bandish Basnet[ 2021-01-21 02:30:40 ]
Best wishes buddha air