ग्लोबल आइएमइ बैंकको दुलेगौंडामा शाखा, २६३ स्थानमा पुग्यो सञ्जाल

बिजमाण्डू
२०७७ मंसिर ४ गते १५:४४ | Nov 19, 2020


काठमाडौं। ग्लोबल आइएमइ बैंकले तनहुँको दुलेगौंडामा शाखा खोलेको छ।

Tata
GBIME
Nepal Life

बैंकको दुलेगौंडासहित देशभर शाखा सञ्जाल २६३ पुगेको छ। 

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउने उद्देश्यले बैंकले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको जनाएको छ।

बैंकले ७२ वटा जिल्लामा २६३ शाखासहित २३८ एटिएम, ४५ एक्सटेन्सन काउण्टर तथा राजस्व संकलन काउण्टर, २३१ शाखा रहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि- सम्पर्क कार्यालयमार्फत आफ्ना २१ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ।