माछापुच्छ्रे बैंकले स्वास्थ्यकर्मीलाई विशेष बैंकिङ सेवा दिने, चिकित्सक संघसँग भयो सहमति 

बिजमाण्डू
२०७७ साउन १५ गते १०:०५ | Jul 30, 2020
माछापुच्छ्रे बैंकले स्वास्थ्यकर्मीलाई विशेष बैंकिङ सेवा दिने, चिकित्सक संघसँग भयो सहमति 

Tata
GBIME
Nepal Life

काठमाडौ। माछापुच्छ्रे बैंक र नेपाल चिकित्सक संघबीच विशेष बैंकिङ सेवा बारे सम्झौता भएको छ। 

सम्झौता अनुसार बैंकले नेपाल चिकित्सक संघसँग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आबद्ध चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीहरु तथा संस्थाहरुलाई विशेष बैंकिङ सेवा प्रदान गर्ने बताइएको छ। 

सम्झौतापत्रमा नेपाल चिकित्सक संघका अध्यक्ष डा.लोचन कार्की तथा बैंकका  प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरे।

चिकित्सक, स्वास्थ्यकर्मी तथा संस्थाहरुलाई बैंकले बिशेष प्राथमिकतामा राखेर बैंकिङ सेवा दिने बताइएको छ। 

बैंकले संघको अफिसियल बैंकको रूपमा आफ्ना सम्पूर्ण शाखा सञ्जालबाट सघंका सदस्यहरुलाई निक्षेप खाता, कर्जा तथा अन्य बैंकिङ सुविधाहरुमा विशेष सहुलियत दिने विज्ञप्तिमा उल्लेख छ। 
 
माछापुच्छ्रे बैंकका देशभर १५९ वटा शाखाहरु छन्। यसैगरी १३४ शाखारहित बैकिङ सेवा र ५ एक्सटेन्सन काउन्टर तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएसमार्फत सेवा दिइरहेको जनाइएको छ।