सनराइजको डिजिटल भुक्तानीमा क्यासब्याक योजना, एक जनाले ३५ सय रुपैयाँसम्म क्यासब्याक पाउने

बिजमाण्डू
२०७६ पुष २९ गते २१:२३ | Jan 14, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्न सनराइज बैंकले क्यास ब्याक योजना ल्याएको छ।

तीन महिनासम्म कार्यान्वयनमा आउने यो योजना अन्तर्गत बैंकका डेबिट/क्रेडिट कार्ड भएका तर हालसम्म पनि पोइन्ट अफ सेल टर्मिनलमा कारोबार नगरेकाले साढे दुई सय क्यासब्याक पाउने विज्ञप्तिमा उल्लेख छ।

यो क्यासब्याकका लागि महिनामा कम्तीमा पाँच सय भन्दा बढीको कारोबार हुनुपर्ने बैंकले जनाएको छ। ग्राहकले डेबिट/क्रेडिट कार्डमार्फत एकैपटक वा पटक-पटक गरी एक महिनामा १५ हजार रूपैयाँ भन्दा बढिको खरिद कारोबार गरेमा एक हजार क्यास ब्याक पाउने बैंकले जनाएको छ। बैंकका अनुसार  योजनामा एकजना कार्ड होल्डरले योजनाअनुसार अधिकतम ३५ सय रूपैयाँसम्म क्यास ब्याक पाउने छन्।