प्रभु बैंकले एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न अनुमति पायो, वार्षिक १०.२५% ब्याज दिने

बिजमाण्डू
२०७६ असोज १९ गते ११:४६ | Oct 6, 2019


काठमाडौँ। प्रभु बैंकले एक अर्व रुपैयाँ बराबरको ऋण पत्र निष्कासन गर्ने भएको छ। उसले वार्षिक १०.२५ प्रतिशत ब्याज दिने गरी प्रभु बैंक डिबेन्चर २०८६' निष्कासन गर्ने भएको हो।

Tata
GBIME
Nepal Life

बैंकले ऋण पत्र निष्कासनकोलागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ। बैंकले प्रति इकाई एक हजार रुपैयाँका दरले १० लाख इकाई निष्कासन गर्ने अनुमति पाएको छ।

कुल अनुमतिप्राप्त इकाईको ४० प्रतिशत हुन आउने चार लाख इकाई सर्वसाधारण र ६० प्रतिशत हुन आउने ६ लाख इकाई संघसंस्थाकोलागि बैंकले निष्कासन गर्ने छ।

उसले निष्कासन गर्ने ऋण पत्रमा सर्वसाधारणले वार्षिक १०.२५ प्रतिशतका दरले व्याज पाउने छन्। यो ऋण पत्रको अवधि १० वर्षको हुने छ।

बैंकले ऋणपत्र निष्कासन गर्ने मिति तय गरेपछि सर्वसाधारण र संस्थागत लगानीकर्ताले उक्त ऋण पत्रमा आवेदन दिन सक्छन्।
यसको बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्नेछ।