जनता बैंकले गुणस्तरीय शिक्षा सम्वन्धी सम्मेलनका लागि दुई लाख सहयोग

बिजमाण्डू
२०७६ साउन २६ गते १६:५२ | Aug 11, 2019
जनता बैंकले गुणस्तरीय शिक्षा सम्वन्धी सम्मेलनका लागि दुई लाख सहयोग

Tata
GBIME
Nepal Life

काठमाडौं। जनता बैंकले गुणस्तरीय शिक्षा सम्वन्धि दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनका लागि दुई लाख रुपैयाँ सहयोग दिएको छ।

रातो बंगला फाउण्डेशनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँगको सहकार्यमा भदौं ७ देखि ९ गतेसम्म यो सम्मेलन हुँदैछ।बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले फाउण्डेसनका कार्यक्रम अधिकृत स्मृति पोखरेललाई हस्तान्तरण गरे।

बैंकले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखि सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आइरहेको छ। बैंकले शैक्षिक गुणस्तर विकासको लागि सामुदायिक विद्यालयका जेहन्दार विद्यार्थीहरुलाई विभिन्न छात्रवृति दिँदै आएको छ।