काठमाडौं। घरजग्गा कारोबारका कारण वित्तीय संकटमा फसेका सिभिल समूहका अध्यक्ष इच्छाराज तामाङले प्राइम प्रोपर्टी बिक्री गर्न थालेका छन्।
वित्तीय संकटबाट उम्किन केही दिनअघि श्रीमतीको नाममा रहेको सिभिल बैंकको संस्थापक शेयर बिक्री गरेका तामाङले सुन्धारास्थित होटलमा रुपान्तरण गरिएको अपार्टमेन्ट पनि बिक्री गरेका छन्।
उनले एक अर्ब ३० करोड रुपैयाँमा 'प्राइम प्रोपर्टी' बिक्री गरेका हुन्। आर्थिक संकटमा परेकै कारण तामाङले सुन्धाराको यो प्रोपर्टी सस्तो मूल्यमै बिक्री गरेका हुन्।
६ वर्ष अघि होटलमा ठूलो लगानीको घोषणा गरेका उद्यमी अजयराज सुमार्गीले तामाङको अपार्टमेन्ट किनेका हुन्।
आर्थिक संकटमा परेका कारण तामाङले आफ्नी श्रीमती सृजना शाक्य तामाङको नाममा रहेको सिभिल बैंकको संस्थापक शेयर कर्मचारी सञ्चय कोषलाई भर्खरै बिक्री गरेका छन्। १७ लाख ५३ हजार ५९४ कित्ता शेयर प्रति कित्ता १०० रुपैयाँका दरले बिक्री गरिएको थियो।
शेयर बिक्रीपछि आर्मी अफिसर क्लब अगाडिको सिटिसी मल र चाइना टाउनछेउको जेडीए कम्प्लेक्सको बीचमा रहेको सम्पति तामाङले बिक्री गरेका हुन्।
सिभिल बचत तथा ऋण सहकारी संस्थाबाट चलाएको ऋण भूक्तानी गर्न नसकेर आर्थिक संकटमा फस्दै गएपछि तामाङले सम्पति बिक्री गरेर भूक्तानी गर्न सुरु गरेका हुन्।
फाइभ स्टार होमटेल नाम दिइएको यो सिभिल लक्जरी रेसिडेन्स अपार्टमेन्ट हो। कम्पनीले ६ रोपनी जग्गामा लक्जरी रेसिडेन्सका फेमिली टावर, प्रिमियम टावर र कर्पोरेट टावर गरेर तीन क्याटागोरी छुट्याएर बनाउने घोषणा गरेको थियो। अपार्टमेन्टहरुको मुल्य ८४ लाखदेखि दुई करोड रुपैयाँसम्म पर्ने बताइएको थियो।
प्रिमियम अपार्टमेन्ट किन्ने मान्छे नभएपछि होटल बनाएर व्यवसायलार्इ रिकभर गर्न खोजिएको थियो। होटलका लागि थप लगानी आवश्यक पर्छ तर आर्थिक संकटमा फसेका तामाङले पैसा निकाल्न नसकेपछि पुरै सम्पति सुमार्गीलाई बिक्री गरेका हुन्।
६ रोपनी जग्गामा फैलिएको अपार्टमेन्ट १२ तलाको छ। यसमा २०० वटा कोठा छन्। १ अर्ब ३० करोडमा किनेका सुमार्गीले करिव ७५ करोड रुपैयाँ बैंकबाट ऋण लिएका छन्।
रियलस्टेट कारोबारी तामाङले सिभिल सहकारीबाट महँगो ब्याजमा सात अर्ब रुपैयाँभन्दा बढी चलाएका छन्। अहिले त्यो पैसा उनले तिर्न सकिरहेका छैनन्। उनले भर्खरै कीर्तिपूरमा रहेको दुई रोपनी जग्गा समेत बिक्री गरेका छन्। बजार भाउभन्दा धेरै सस्तोमा दुई रोपनी जग्गा बिक्री गरेका हुन्।
घरजग्गा कारोबारले संकट
काठमाडौंमा इन्डिभिज्युल होम्स बनाएर बिक्री थालेका तामाङले सिभिल सहकारीमार्फत घरजग्गामा ठूलो लगानी गरेका थिए। तर राष्ट्र बैंकले ०६५ सालमा घरजग्गा कारोबारमा कडाई गरेपछि उनको कारोबारमा मन्दी आएको थियो।
त्यो मन्दीका समयमा समेत उनले जेनतेन ब्यापार गरिरहेका थिए। तर ब्याजमाथि ब्याज खप्टिँदा उनलाई डेढ बर्षयता थप समस्या परेको हो। राष्ट्र बैंकले पूँजी बृद्धि गरेपछि उनले ऋण लिएरै आफ्नो हकप्रद शेयर भरेका थिए। त्यो ऋणले पनि उनलाई थिच्दै लगेको छ।
उनको अर्को प्राइम प्रोपर्टी सुन्धारास्थित सिटिसी मलका पसल बिक्री गर्न खोजेका थिए। भाडा पहिले नै ग्यारेन्टी गरेर उनले बिक्री पनि गरेका थिए। तर उनले ग्यारेन्टी गरेको भाडा नपाएपछि खरीदकर्ताहरुले आन्दोलन गरिरहेका छन्। कतिपय पसलहरु सिभिल बैंकले लिजमा लिएर कर्पोरेट कार्यालय सञ्चालन गरिरहेको छ।
तामाङ निकटहरुका अनुसार, बैंक तथा वित्तीय संस्थाबाट तुलनात्मक रुपमा सस्तो ब्याजमा ऋण लिएको भए संकटबाट निस्किन सक्ने अवस्था थियो। तर आफ्नो वित्तीय संकट वाहिर आउने डरले तामाङले आफ्नै सहकारीबाट ऋण थप्दै जाँदा दलदलमा फसेका हुन्।
वित्तीय संकटबाट उम्किन इच्छाराजले बेचे सुन्धाराको सम्पति, १३० करोडमा सुमार्गीले किने को लागी ४ प्रतिक्रिया(हरु)
Amrit Ghale[ 2019-07-21 09:43:19 ]
That person can understand situations of Mr. Ichksharaj Tamang, who has business and commercial knowledge and possibilities of situations in business.
Dear kamal[ 2019-07-19 11:32:39 ]
इच्छा राज नेकपा मा लागेर बिगि्रएको हुन उदारण जगन्नाथ जस्तो पैसा को भोको मान्छे लाई साथ लिनु हो राजनीति जगन्नाथ लाई सुहाउँछ इच्छ राज लाई होइन ब्याबसाय गर्ने हो भने ब्याबसाइक तरिका बाट सोच्ने हो राजनीतिक तरिका ले होइन Like सिभिल होम १, २,३ र बाकी प्रोजेक्ट हेरम्त???????
Narendra Shrestha[ 2019-07-19 02:12:52 ]
I.R Tamang knows his status , position and recognition but he made decision at the wrong time .
rithe nepali[ 2019-07-18 10:54:07 ]
वास्तवमा मानिसले आफ्नो हैसियत, स्थिति र औकात पहिचान गर्न पर्छद यदि सकियन भने ठूलो दुर्घटनामा पर्न सकिन्छ जसको उदाहरण इच्छाराज तामाङ्ग ।