काठमाडौं। प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंक प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप ९८ अर्ब १४ करोड रुपैयाँ पुग्ने छ। यो चैत मसान्तसम्मको तथ्यांकमा आधारित हो।
सर्वसाधारणमा दिएको ऋण लगानी ९६ अर्ब ४० करोड रुपैयाँ नाघ्ने छ। प्रारम्भिक सहमति अनुसार, कैलाश विकास बैंकले एक कित्ता बराबर ९४ रुपैयाँ पाउनेछ। यस हिसाबले अहिले कैलाश बैंकसँग २ अर्ब ५२ करोड रुपैयाँ चुक्ता पूँजी छ। यसमध्ये २ अर्ब ३६ करोड रुपैयाँ चुक्ता पूँजीका रुपमा प्राइमसँग मिसिने छ।
अहिले प्राइमको चुक्ता पूँजी ८ अर्ब ३ करोड रुपैयाँ छ। यसमा कैशालको २ अर्ब ३६ करोड मिसिँदा पूँजी १० अर्ब ४० करोड रुपैयाँ हुने छ।
कैशालको शेयर आदानप्रादन अनुपात मिलाएपछि १५ करोड १२ लाख रुपैयाँ जगेडा कोषमा जान योग्य हुनेछ। अहिले कैशालसँग १ अर्ब ५ करोड रुपैयाँ जगेडा कोष छ। प्राइमको २ अर्ब ३३ करोडको कोष छ। योसबै गरेर जगेडा कोष ३ अर्ब ५४ करोड रुपैयाँको हुनेछ।
बैंकसँग निक्षेपको तुलनामा ऋण लगानी बढि भएका कारण निक्षेप र ऋणको असन्तुलन भने कायमै रहने छ। कन्काइ मिसिए पनि वित्तीय अवस्थामा सवलताका लागि खासै मद्दत भने पुग्दैन।