बैंक अफ चाइना गान्सुसँग सनराइज बैंकको साझेदारी, संयुक्त कार्यटोली बनाउने पनि सहमति

बिजमाण्डू
२०७६ जेठ १ गते १२:२७ | May 15, 2019
बैंक अफ चाइना गान्सुसँग सनराइज बैंकको साझेदारी, संयुक्त कार्यटोली बनाउने पनि सहमति

Tata
GBIME
Nepal Life

काठमाडौं। सन्राइज बैंक र बैक अफ चाइनाको गान्सु शाखाबीच रणनीतिक साझेदारी सम्बन्धि सम्झौता भएको छ। 

सम्झौतापछि नेपाल तथा चीनका दुई बैंकबीच आपसी सहयोग, समानता तथा दुईपक्षिय हितका कार्यहरु अघि बढाइने छ।

सम्झौता अनुसार विद्यमान नियम र कानूनको परिधिभित्र रहि सिद्धान्त र आवश्यकताको आधारमा अन्तर्राष्ट्रिय व्यापारको लागि बैंकहरुबीच आवश्यक पर्ने अन्तर सम्बन्ध कायम गरिने विज्ञप्तिमा उल्लेख छ।

सनराइज बैंकले यसअघि नै बैंक अफ चाइना सांघाई शाखामा रहेको खाता मार्फत अन्तर्राष्ट्रिय व्यापार कारोबारको हिसाब राफसाफ गर्ने तथा आयात निर्यात ब्यापारमा संलग्न ग्राहकहरुलाई विभिन्न सुविधा प्रदान गरी ग्राहक सिफारिस गर्ने सम्झौता समेत भएको थियो। 

दुई बैंकबिच आपसि कारोबारको निमित्त नियमित सम्पर्कमा रहन एक छुटै संयुक्त कार्यटोलि बनाउने पनि सहमति भएको छ।

सम्झौतापत्रमा सन्राइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा बैंक अफ चाइना गान्सु शाखाका नायब महाप्रवन्धक श्री वाङ झेजुनले हस्ताक्षर गरेका छन्। सम्झौतासँगै बज्राचार्य बैंकबाट अवकाश भइसकेका छन्।

सम्झौता कार्यक्रममा गान्सु प्रान्तका गभर्नर टाङ्ग रेनजियान, कृृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनाल, प्रदेश नं. ३ मुख्य मन्त्री डोरमणि पौडेल तथा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको उपस्थिति थियो।