काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले भारतीय राजदूतावास र फ्रन्चाइज इण्डियाको सहकार्यमा बुधवारदेखि काठमाडौमा नेपाल(इन्डिया फ्रेन्चाइजी इन्भेष्टमेन्ट एक्स्पो एन्ड कन्क्लेभकोे आयोजना गर्ने भएको छ।
कार्यक्रमको पहिलो दिन विभिन्न विषयहरुमा दुवै देशका उद्यमी व्यवसायीहरुको सहभागितामा वृहद छलफल हुने छ।बुधवार पहिलो शत्रको एफएनसीसीआईका उपाध्यक्ष एवं उद्यमी उमेशलाल श्रेष्ठ र फ्रेन्चाइज इण्डियाका सम्पादक रितु मारियाले सञ्चालन गर्ने छन्।
दोस्रो सत्रको विषयमा क्लव हिमालयका अध्यक्ष एवं पर्यटन व्यवसायी योगेन्द्र शाक्य, हाभेल्स इण्डिया लिमिटेडका अध्यक्ष अनिल भैसन, गयाम मोटर्स वक्र्सका प्रमुख कार्यकारी राजा गयाम, बान्धाम होटल एण्ड रिसोर्टसका वरिष्ठ निर्देशक (विकास) गोविन्द मुन्द्राले प्रस्तुती दिने छन्। तेस्रो शत्रको विषयमा खल्ती डटकमका सीईओ अमित अग्रवाल, डा मिलानोका व्यवस्थापन निर्देशक शाहिल मलिक, लान्सकर्टका सहसंस्थापक अमित चौधरी, वेस्ट सेलर इण्डिका प्रताप स्वरुप, रिटेलले प्रस्तुति दिनेछन्।
चौथो शत्रमा टुटलका सीइओ शिक्षित भट्ट, सियाराम शिल्क मिल्सका उपाध्यक्ष जसभिन्दर अरोरा, यूक्लिनका संस्थापक अरूनभ सिंहा, फ्रेन्चाइज विजनेश ओपरेशनका क्षेत्रिय प्रमुख कपिलदेभ बुधराजाले र पा“चौं शत्रको विषयमा बबरमहल रिभिजिटेडका अध्यक्ष विराट शम्शेर जवरा, क्लोभियाका प्रमुख कार्यकारी पंकज भर्मानीले संबोधन गरी आ–आफ्ना व्यवसायिक अनुभव आदान प्रदान गर्ने छन्।
नेपाल र भारत बीच आपसी सम्बन्ध विस्तार र उद्यमशीलताको प्रवद्र्धन मार्फत बिभिन्न ब्रान्डहरूमा लगानी गर्ने अवसरहरू सिर्जन गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिन लागेको हो। दुई दिनसम्म चल्ने कार्यक्रममा बिभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय ब्रान्डहरूले एक्सपोमा आफ्नो ब्रान्डहरूको प्रदर्शन गर्नेछन्।
एक्स्पोमा बिभिन्न ब्रान्डहरू जस्तै रिटेल, शिक्षा, फिटनेस, फेशन, फुड र बिभेरेज, रियल एस्टेट, टेक्नोलोजी र अन्य व्यवसायहरू रहने छन्। सम्मेलनमा मुख्यतः अन्तराष्ट्रिय मार्केटमा आफ्नो विशिष्ट पहिचान बनाएका ब्रान्डहरूमा लगानी गर्ने रूची रहेका लगानीकर्ताहरूको सहभागिता हुनेछ।
एक्सपोमा नेपालबाट अग्नि ग्रुप, टिव्रेवाला ग्रुप, मेरो घर, सीटी ड्रीम्स, सांग्रिला, हिमालयन जाभा, गोल्डस्टार, अल्पाइन पश्मिना (च्याङग्रा) हाउस प्रालि शभा नेपाल र श्रीजयकाली जडीवूटी लगायतका कम्पनीहरूको सहभागिता रहने छ। त्यसैगरी भारतीय व्राण्डहरूमा नाइन कीड्स, अमेरिकन स्कूल, वेस्ट सेलर, वाइक स्टूडियो, बम्वे डाइङ, क्याप, चाए गरम, कपर चिम्नी, यूक्लिन लगायतका रहने छन्। कार्यक्रममा दुवै देशका गरी करिव ६० वटा व्राण्डहरूले भाग लिनेछन्।