शेयर कारोबारमा प्यान कार्यान्वयनमा आयो, पहिलो दिन ५६ वटा शेयर कारोबार

बिजमाण्डू
२०७६ बैशाख २ गते १६:२० | Apr 15, 2019
शेयर कारोबारमा प्यान कार्यान्वयनमा आयो, पहिलो दिन ५६ वटा शेयर कारोबार


काठमाडौँ।दोस्रो बजारमा अनिवार्य गरिएको स्थायी लेखा नम्बर(प्यान)राखेर सोमबार ५६ वटा   शेयर कारोबार भएका छन्।पहिलो दिन ४१ जना लगानीकर्ताले प्यान नम्बर राखेर शेयर कारोबार गरेको नेपाल स्टक एक्सचेन्जले(नेप्से)ले जनाएको छ।

Tata
GBIME
Nepal Life

उनीहरुले पाँच लाख वा त्यो भन्दा बढीको कारोबारमा प्यान नम्वर राखेर शेयर कारोबार गरेका हुन्।पहिलो दिन लगानीकर्ताले साढे तीन करोड रुपैयाँ बराबरको प्यान नम्वर राखेर शेयर कारोबार गरेको नेप्सेले जनायो।नेप्सेले सोमवारदेखि शेयर कारोबारमा प्यान अनिवार्य गरेको थियो।एउटा कारोबारमा पाँच लाख वा त्यो भन्दा बढी मूल्यको शेयर कारोबार गर्ने लगानीकर्ताले शेयर कारोबार गर्दा प्यान नम्बर अनिवार्य दाखिला गर्नुपर्ने व्यवस्था छ।

दोस्रो बजारमा कारोबार गर्ने १४ हजार ५३ लगानीकर्ता सोमबार सम्म प्यानमा दर्ता भएको  नेप्सेको भनाइ छ।तीनै लगानीकर्ताहरुले सोमबार शेयर कारोबारमा प्यान नम्वर राखेर कारोबार गरेका हुन्।   नेप्सेले प्यान अनिवार्य गर्न कारोबार प्रणालीमै सुधार गरेको छ।शेयर कारोबार गर्ने स्वचालित अनलाइन प्रणालीमै प्यान नम्बर राख्नु पर्ने व्यवस्था गरिएको छ।पाँच लाख वा त्यो भन्दा बढी मूल्यको शेयर कारोबार गर्ने लगानीकर्ताले प्यान नम्बर नराखे प्रणालीलेनै शेयर कारोबार गर्दैन।

पछिल्लो समय पाँच लाख वा त्यो भन्दा बढी मूल्यको शेयर कारोबार दैनिक ७० देखि ११० वटा सम्म हुने गरेको छ।गत आइतबारदेखि बिहीबारसम्म भएको कारोबारको तथ्याङकको आधारमा यस्तो देखिएको हो।