काठमाडौं। नेपाल उद्योेग वाणिज्य महासंघ (एफएनसीसीआई) तथा एम÷एस फ्रोन्चाइजसँगको सहयोगमा काठमाडौंस्थित भारतीय राजदूतावासले फ्रोन्चाइज लगानी एक्सपो तथा कन्क्लेव” आयोजना गर्ने भएको छ। एक्सपो जेठ १ र २ गते होटल याक एण्ड यतीमा हुने छ।
ब्रान्ड उपभोगको मामिलामा कन्जुस्याइँ गर्न नहिच्किचाउने आकांक्षी नेपाली उपभोक्ताहरुका कारण नेपाली अर्थतन्त्रलाई टेवा पु¥याउँदै आएको भन्दै दुतावासले नेपालमा रहेका व्यवसायहरुले यस्ता लक्षित उपभोक्ताको आकांक्षालाई पूर्ति गर्न जरुरी रहेको विज्ञप्तिमा उल्लेख गरेको छ।
यस्ता किसिमका कन्क्लेवले भारतका प्रमुख ब्रान्डहरुलाई नेपालमा ल्याउन मद्दत गर्दछ। यस्ता ब्रान्डहरुको प्रवेशले नेपालमा लगानी मात्र नभर्ई प्रविधि तथा व्यवसायीक ज्ञान तथा दक्षतालाई पनि भित्राउन सहयोग गर्ने दुतावासले जनाएको छ।
नेपालमा व्यवसायीक साझेदारीका निमित्त भारतका करिब ७०–८० प्रमुख तथा प्रख्यात ब्रान्डहरु यस कन्क्लेवमा सहभागी हुने अपेक्षा गरिएको छ। रिटेल, फेशन, शिक्षा, आतिथ्य एवम् खाद्य तथा पेय पदार्थ जस्ता क्षेत्रहरुमा सक्रिय केही मुख्य ब्रान्डहरुले उक्त सम्मेलनमा सहभागीता जनाउने पक्का भइसकेको छ।