‘लगानी सम्मेलन’ भाँड्ने तत्व सक्रिय भइरहेको प्रधानमन्त्री ओलीको दाबी, कसले गर्दैछ षड्यन्त्र?

बिजमाण्डू
२०७५ माघ २८ गते १३:०८ | Feb 11, 2019
‘लगानी सम्मेलन’ भाँड्ने  तत्व सक्रिय भइरहेको प्रधानमन्त्री ओलीको दाबी, कसले गर्दैछ षड्यन्त्र?

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा निराशा फैल्याउने स्वार्थी तत्वहरुले प्रयास गरिरहेको उल्लेख गर्दै सचेत रहनु आग्रह गरेका छन्।

Tata
GBIME
Nepal Life

प्रधानमन्त्री ओलीले जनताको अपेक्षाअनुसार काम गर्ने आधार तय भईरहेका बेला उनीहरुलाई निरास बनाउने अनुचित र अनुपयुक्त प्रयास भईरहेको भन्दै त्यसप्रति आपत्ति जनाए। 

उनले नेपालमा वैदेशिक लगानी भित्रन नदिन चैत दोस्रो साता आयोजना हुन गईरहेको ‘नेपाल लगानी सम्मेलन’ भाँड्ने  तत्वहरु पनि सक्रिय भईरहेको दावी गरे। सोमबार गृह मन्त्रालयमा आयोजित प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले मुलुकलाई अन्धरकार युगमा राखिरहने प्रयास अझै पनि भइरहेको भन्दै त्यस्ता प्रवृत्तिविरुद्ध लडन पनि सबैलाई आह्वान गरे।

प्रधानमन्त्री ओलीले केही दिन अघि अरुण तेस्रो जलविद्युत आयोजनाको मेसिन जलाउने लगायतका आतंककारी गतिविधि भएको उल्लेख गर्दै सैह्य नहुने चेतावनी पनि दिए। मुलुकमा विद्युतीकरण हुन नदिन त्यस्ता खालको गतिविधि भईरहेको प्रधानमन्त्री ओलीको भनाई छ।